भीम रावलको गृहजिल्लामा ओलीका उम्मेदवारको अग्रता

भीम रावलको गृहजिल्लामा ओलीका उम्मेदवारको अग्रता

नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक नतिजा आएको छ । प्रारम्भिक मत परिणामअनुसार अध्यक्षका उम्मेदवार चन्द्र बोहराको प्यानल अघि देखिएको छ ।

तीन सय मतगणना हुँदा अध्यक्ष केपी ओली निकट बोहराले अग्रता बनाएका हुन् । उनी २२ मतले अघि छ्न् । बोहराले एक सय ५८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाश शाहले एक सय ३६ मत पाएका छन् । शाहलाई नेता भीम रावलले साथ दिएका छन् ।

मंगलबार भएको मतदानको बुधबार बिहानदेखि गणना सुरु भएको हो । जिल्ला सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना जारी छ । आजै साँझसम्म अन्तिम नतिजा आइसक्ने बताइएको छ ।

टिप्पणीहरू