दुध बढाउन गाईको टाउकोमा हेडसेट

दुध बढाउन गाईको टाउकोमा हेडसेट

टर्कीका किसानहरुले दुध उत्पादन बढाउन गाईको टाउकोमा हेडसेट लगाउने गरेको पाइएको छ । टर्कीमा एउटा गाई फार्मका मालिकले गाईको टाउकोमा हेडसेट राख्दा तुलनात्मक रुपमा बढी दुध दिने भएकाले त्यस्तो गरेको बताएका छन् । भर्चुअल रियालिटी हेडसेट राख्दा गाई घाम लागेको बाहिरी मैदानमा रहेको भ्रममा परेकोले दुध बढी दिएको उनको भनाइ छ ।

मानिसमा प्रयोग हुदैं आएको भीआर सेटलाई सफ्टवेयरको रुपमा विकसित गरेर गाईको टाउकोमा फिट गर्न व्यवस्था मिलाइएको छ । फिट गरिसकेपछि विज्ञहरुले रंगिन प्यालेटलाई सफ्टवेयरमा परिणत गरेका थिए, जुन गाईको आँखामा उपयुक्त बनेको छ ।

हेडसेट राखेपछि गाईले दैनिक २२ लिटरबाट २७ लिटर दुध दिन थालेको अक्सारेका फार्म मालिक इजेट कोसाकले दाबी गरेका छन् । कोसाकका अनुसार वातावरणीय अवस्थाले गाईको स्वास्थ्य र दुध उत्पादनमा प्रभाव पार्छ । भीआर ग्लासमार्फत कोसाकले गाईलाई ठूलो घाँसे मैदान वरपर हिँडडुल गराउनुको अतिरिक्त रमाइला संगीत सुनाइदिएका थिए । रसियाको एउटा कम्पनीले भीआर हेडसेटले विकास गरेको हो ।

पशु चिकित्सकहरुको सहकार्यमा गाईको सुरक्षा सुनिश्चितता गर्न भीआर हेडसेट्स पहिलो पटक मस्कोमा परीक्षण गरिएको थियो ।

टिप्पणीहरू