पाँचथरमा काठ तस्कार समातिए

पाँचथरमा काठ तस्कार समातिए

पाँचथरमा प्रहरीले १ सय ५३ थान सखुवाको चिरान काठसहित दुई जनालाई समातेको छ । पक्राउ पर्नेमा ट्याक्टर चालक फिदिम ३ का ३० वर्षीय धनजीत राई र सहचालक कुम्मायक २ का १९ वर्षीय विनय लावती हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाका अनुसार फिदिम नगरपालिका १० पच्चिसेमा मे.१ त ३६३३ नम्बरको ट्याक्टरमा लोड गरी राखेको ७५ दशमलब ५ क्यूफिट काठसहित चालक र सहचालकलाई पक्राउ गरिएको हो ।

काठसहित राई र लावतीलाई डिभिजन वन कार्यालय पाँचथरमा बुझाइएको छ ।

टिप्पणीहरू