नागरिकताविहीनहरु सँधै चिसो सडकमा

नागरिकताविहीनहरु सँधै चिसो सडकमा

आमाबुबा नेपाली नागरिक, उहाँका सन्तान कहाँको नागरिक ? भन्दै नागरिकताविहीन नागरिकहरुले आज पनि माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा ३ र ५ यथासक्य छिटो कार्यान्वयन गर्न जोड दिँदै उनीहरुले धर्ना दिएका हुन् ।

विगतमा नागरिकता नपाएर सेवा सुविधाका साथै अन्य क्षेत्रको अवसर गुमाएको क्षतिपूर्ति समेत दिनुपर्ने उनीहरुको माग छ । नागरिकताविहीन नागरिक संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीको नेतृत्वमा भएको दबाबमूलक धर्नामा झण्डै तीन दर्जनको उपस्थिति छ ।

उनीहरुले चिसो सडकमा बसेर अघिल्लो सातादेखि संवैधानिक व्यवस्था कार्यान्वयन गर, देशको असल नागरिक पहिचान गर, हामी नेपाली नागरिक आमाबुवाका सन्तान कहिलेसम्म अनागरिक सरकार ?, नागरिकता विधेयक पारित गरलगायतका नाराहरु लगाउँदै आएका छन् ।

टिप्पणीहरू