मिलमा सल बेरिएर सुन्तलाको शरीर दुई फ्याक

मिलमा सल बेरिएर सुन्तलाको शरीर दुई फ्याक

अछामको चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको हो ।

मृतकका श्रीमान शंकरमान बोहराका अनुसार धान कुट्ने क्रममा सल बेरिएर उनको निधन भएको हो । मिलले काटेर सुन्तलाको शरीर दुई टुक्रा भएको बताइएको छ ।

टिप्पणीहरू