मेडिकल काउन्सिलका अधिकांशलाई कोरोना, सेवा ठप्प

मेडिकल काउन्सिलका अधिकांशलाई कोरोना, सेवा ठप्प

नेपाल मेडिकल काउन्सिलका अधिकांश कर्मचारी र पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड परीक्षण गर्दा सबैजसोमा कोरोना संक्रमण पुष्टि भएपछि काउन्सिलले सम्पूर्ण सेवा बन्द गरेको छ ।

काउन्सिलका पदाधिकारी र कर्मचारीमा गरिएको परीक्षणमा अधिकांशमा कोरोना संक्रमण देखिएकाले सेवा प्रभावित भएको जारी विज्ञप्तिमा उल्लेख छ । कर्मचारी र पदाधिकारीमा कोराना पुष्टि भएसँगै आइसोलेसनमा बस्नुपर्ने भएकाले १० दिनसम्म सेवा प्रभावित हुन सक्ने बताइएको छ ।

काउन्सिलले यसबाट पर्न जाने असुविधाप्रति क्षमा समेत मागेको छ ।

टिप्पणीहरू