युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा

युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण युरोपमा थप बढ्ने सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । संगठनले आगामी डेढदेखि दुई महिनामा आधा युरोप कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुने आशंका गरेको छ ।

डब्ल्युएचओका डा.हान्स क्लगका अनुसार ओमिक्रोन ‘पश्चिमदेखि पूर्वसम्म छाल’ को रूपमा युरोपमा फैलिरहेको छ । ओमिक्रोन संक्रमणको गति डेल्टा भेरिएन्टको वृद्धिदरभन्दा उच्च भएको जनाइएको छ । यो प्रक्षेपण सन् २०२२ को पहिलो साता युरोपभरि पुष्टि भएका ६० लाख नयाँ संक्रमणका आधारमा गरिएको हो ।

गत दुई सातामा युरोपमा संक्रमितको संख्या दोब्बरभन्दा बढी भएको छ । ‘सन् २०२१ को अन्त्यसम्म सबै देशले खेपिरहेको डेल्टा भेरिएन्टको लहरमा थपिएको ओमिक्रोन भेरिएन्टले पश्चिमबाट पूर्वतिर फैलिरहेको आँधीको प्रतिनिधित्व गर्छ,’ डा. क्लगले पत्रकार सम्मेलनमा भने । उनले हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन इन्स्टिच्युटलाई उद्धृत गर्दै ‘आगामी छदेखि आठ हप्तामा युरोप क्षेत्रका ५० प्रतिशतभन्दा बढी जनसंख्या ओमिक्रोनबाट संक्रमित हुने’ चेतावनी दिएका हुन् ।

टिप्पणीहरू