काठमाडौं उपत्यकामा आजदेखि के के गर्न पाईंदैन ?

काठमाडौं उपत्यकामा आजदेखि के के गर्न पाईंदैन ?

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा विभिन्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन प्रतिबन्ध घोषणा गरेको हो ।

काठमाडौं उपत्यकामा जारी आदेश गएराति १२ बजेदेखि लागु भएको छ आदेशपछि अब काठमाडौंमा २५ जनाभन्दा धेरै भेला हुन पाईंदैन । अर्को सूचना नभएसम्म घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने भनिएको छ ।

यस्तै, आउँदो माघ १५ गतेसम्म भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाईंदैन । सार्वजनिक सवारी साधनहरूमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । मास्क नलगाई सवारी साधनमा यात्रा गर्न पनि पाइने छैन ।औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कारबाही गरिने गर्ने भनिएको छ । माघ ७ गतेबाट सार्वजनिकस्थल र निकायमा जान र सेवा लिन खोप कार्ड अनिवार्य गरिएको छ ।

टिप्पणीहरू