पत्रकार महासंघको धर्ना स्थगित

पत्रकार महासंघको धर्ना स्थगित

पत्रकार महासंघ नेपालले आज गर्ने भनिएको धर्ना स्थगित भएको छ । श्रमजीवी पत्रकारहरुको सेवा सुविधा नबढाएकाले आज गरिने भनिएको धर्ना नहुने भएको हो ।

देशकै ठूला सञ्चारगृहका रुपमा परिचित अन्नपूर्ण पोष्ट र इमेज टेलिभिजनले श्रमजीवी पत्रकारहरुको सेवा सुविधा नबढाएको भन्दै महासंघले आज दिउँसो १ बजेबाट धर्ना कार्यक्रम तय गरेको थियो ।

सम्बन्धित सञ्चारगृह घेराउ तथा धर्ना कार्यक्रम गर्ने भनिए पनि महासंघमा समस्या समाधान गर्छौं भन्दै दुबै सञ्चारगृहले पत्र पठाएपछि आफूहरु पछि हटेको महासंघका महासचिव रोशन पुरीले जनआस्थासँगको कुराकानीमा बताउनुभयो ।

उहाँका अनुसार अन्नपूर्ण पोष्टले १० दिनको समय माग गरेर समस्या समाधान गर्ने भन्दै पत्र पठाएको छ । इमेज टेलिभिजनले पनि एक हप्ताको समयसीमा मागरे सोभित्र समस्या समाधान गर्ने बताएको छ ।

टिप्पणीहरू