कोरोनाको कारण माघी स्थगित

कोरोनाको कारण माघी स्थगित

दाङमा यस वर्ष पनि माघी मेला नहुने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको माघी मेला कोरोना महामारीका कारण स्थगित गरिएको हो ।

दाङको घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित बगारबाबामा यस पटक मेला नलाग्ने भएको हो ।

बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको निर्णयअनुसार दहमा हुने भनिएको मेला स्थगित गरिएको जानकारी दिएका छन् ।

संक्रमणदर बढेको र सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन तथा मेला र महोत्सवमा रोक लगाएको हुँदा स्थगित गरिएको उहाँको भनाइ छ ।

टिप्पणीहरू