मकवानपुरको गाँजा बारामा बेच्न ठिक्क

मकवानपुरको गाँजा बारामा बेच्न ठिक्क

मकवानपुरको दुर्गम राक्सीराङबाट ओसारेर लुकाइएको ७० किलोग्राम गाँजासहित बारामा दुई जना प्रक्राउ परेका छन् । बारागढी गाउँपालिका ७ सुखीषधरास्थित जोखु चौधरीको घरमा लुकाई राखेको अवस्थामा चौधरीसहित मकवानपुरका प्रेमलाल लामालाई सशस्त्र प्रहरीले पक्रेको हो ।

सशस्त्र प्रहरीले ७० केजी तौलको ५ पोका गाँजासहित उनीहरुलाई चौधरीको घरबाटै पक्रेको हो । चौधरीको घर र शरीर खान तलासी गर्दा प्रहरीले ३९ हजार रुपैयाँ, १ थान मोबाइल र १ थान पावर बैंक फेला पारेको हो ।

त्यसैगरी जोर्डनको १ थान नोट, श्रीलंकाको १ सय दरको १ थान नोट, सोमालियाको ५ सय दरको १ थान, चिनियाँ ५ दरको १ थान, भारतीय २० रुपैयाँ १ थान र मोटरसाइकलको बीलबुक १ थान समेत प्रहरीले बरामद गरेको छ । उनीहरुलाई आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू