स्याङजाको सहकारीमा लाखौं चोरी

स्याङजाको सहकारीमा लाखौं चोरी

स्याङ्जाको एउटा सहकारी संस्थामा चोरी भएको छ । गल्याङ नगरपालिका–७ पुल्चोकस्थित पेलाकोट सानाकिसान सहकारी संस्थामा गएराति चोरी भएको हो ।

प्रहरी चौकी गल्याङले दिएको जानकारीअनुसार उक्त सहकारीबाट ५ लाख ५० हजार रुपैयाँ चोरी भएको छ । चोरी कसले गर्यो भन्ने विषय खुलेको छैन ।

घटनाबारे प्रहरी चौकी गल्याङले अनुसन्धान गरेर चोरीमा संलग्न रहेका फरारहरुको खोजी गरिरहेको बताइएको छ ।

टिप्पणीहरू