चितवनमा फेरि खोप लगाउन थालियो

चितवनमा फेरि खोप लगाउन थालियो

चितवनमा पनि १८ वर्ष माथिकालाई कोरोनाविरुद्ध खोप दिन थालिएको छ । जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । चार लाखको हाराहारीमा किशोरकिशोरी रहेका जिल्लामा तीन लाख ७० हजार पाँच सय ४४ जनाले खोप लगाइसकिएको छ ।

जिल्लामा तीन लाख २० हजार नौ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो मात्रा कोभिसिल्ड ४० हजार चार सय ४३, भेरोसेल दुई लाख ३७ हजार ६ सय दुई, एस्ट्राजेनिका ५१ हजार नौ सय ६२, फाईजर बायोएनटेक एक हजार आठ सय ६७ र जोन्सन ३८ हजार ६ सय ७० जनाले लगाएका छन् ।

जोन्सन भने एक मात्रा लगाएपछि पूर्ण हुने र अन्य खोप दुई मात्रा लगाउनुपर्ने कार्यालयले जनाएको छ । यसैगरी, पूर्ण मात्रा खोप कोभिसिल्ड÷एष्ट्राजेनिका ८२ हजार आठ सय ५३, भेरोसेल एक लाख ९६ हजार सात सय २९, जोन्सन ३८ हजार ६ सय ७० र फाईजर बायोएनटेक एक हजार सात सय ५७ जनाले लगाएका छन् ।

पछिल्लो समय जिल्लामा अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लाका सातै पालिकाले हप्तामा एक दिन खोप लगाउने व्यवस्था गरेका छन् । १८ वर्षमाथिका सबैले खोप लगाउन पाउने गरी व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू