पत्रकार बस्नेतको ‘महाभारा यात्रा’ पाँचथरमा « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

पत्रकार बस्नेतको ‘महाभारा यात्रा’ पाँचथरमा

प्रकाशित मिति :  २७ पुष २०७८, मंगलवार १९:४६


पत्रकार तथा लेखक वसन्तकुमार बस्नेतको नव प्रकाशित उपन्यास महाभाराको जन्मथलो पाँचथरमा चर्चा गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सभाहलमा आयोजित कार्यक्रममा पुस्तक चर्चा गरिएको हो ।

पुस्तकका साहित्यकार प्रेम ओझा, पूर्वमत्री श्रीप्रसाद जवेगु र जंग थापा मगरले टिप्पणी गरेका छन् । नौलो साहित्यिक बिहान प्रतिष्ठान र नेपाल पत्रकार महासंघको आयोजनामा पुस्तक चर्चा गरिएको हो । कार्यक्रमलाई महाभारा यात्रा भनिएको छ ।

कार्यक्रममा बोल्दै लेखक बस्नेतले आफ्नो उपन्यासले द्वन्दको कथालाई राजनीतिसँग नजोडेर द्वन्दको समयमा यौवनावस्थामा फक्रँदै गरेका किशोर किशोरीको संघर्ष यात्रा समेटिएको टिप्पणी गरे ।

कार्यक्रममा पुस्कका प्रकाशक समेत रहेका फाइन प्रिण्टका प्रकाशक अजित बरालले पुस्तकहरुको बाढी आइरहेका बेला महाभाराले पाठक सामु फरक रस प्रस्तुत गर्न खोजेको बताए ।


प्रतिक्रिया दिनुहोस !