चिडियाखाना छिर्नेलाई पनि कडाई

चिडियाखाना छिर्नेलाई पनि कडाई

जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको हो ।

अवलोकनकर्ताले मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन तथा छुन नपाइने, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने छ ।

स्वास्थ्य मापदण्ड पालना गर्दै यसअघि झैं हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको छ ।

उक्त स्थानमा अवलोकनका गर्न विदेशीलाई एक हजार, सार्क राष्ट्रका पाहुनालाई पाँच सय, नेपालीलाई दुई सय, विद्यार्थीलाई एक सय ३५ र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर राणाको पालामा सन् १९३२ मा निजी चिडियाघरको रुपमा स्थापना गरिएको हो ।

टिप्पणीहरू