पनौतीको मकर मेला रोकियो, नुहाउन पाइने

पनौतीको मकर मेला रोकियो, नुहाउन पाइने

काभ्रेको पनौती नगरपालिकामा माघे संक्रान्तिदेखि सुरू हुन लागेको १२ वर्षे मकर मेला स्थगित भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको आज सम्पन्न बैठकले मेला स्थगित गरेको हो ।

डिसिएमसीले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भई मकर स्नान गर्न भने पाउने निर्णय गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस बाहेक बैठकले जिल्लाका १३ वटै स्थानीय तहलाई कोभिड नियन्त्रण गर्न स्वास्थ्य मापदण्डहरू परिपालनामा कडाइ गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू