असिनाले हिउँदेबाली नष्ट, किसान चिन्तामा

असिनाले हिउँदेबाली नष्ट, किसान चिन्तामा

असिनाले हिउँदेबाली नष्ट गरेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा हिजो साँझ परेको असिनाले हिउँदेबाली नष्ट गरेपछि किसान चिन्तित भएका हुन् ।

बेमौसमी असिनाले हिउँदेबाली, सुन्तला फलफूल खेतीमा क्षति पुर्याएको र हिउँदे आलु, गहुँ र जौको बोट ढलाएर, पात चुटेर छियाछिया बनाएको किसान बताउँछन् ।

यसैगरी बिक्री गर्न भनेर बोटमै राखिएको सुन्तलाको दाना पनि असिनाले झारिदिएको छ । अधिकांश बगैंचाको सुन्तला निकासी भए पनि केही मात्रामा सुन्तला टिपेर बजार पठाउन बाँकी थियो । हिउँ पर्नुको साटो बेमौसममा असिना परेपछि किसान अप्ठेरोमा परेका छन् ।

टिप्पणीहरू