ललितपुरमा पनि मास्क अनिवार्य

ललितपुरमा पनि मास्क अनिवार्य

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै ललितपुरमा कडाइ गरिएको छ । केही दिनयता संक्रमित दर बढेपछि ललितपुरमा मास्क अनिवार्य गरिएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिकस्थलमा मास्क अनिवार्य गरेको हो ।

प्रशासनले आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने बताएको छ । साथै, उसले भौतिक दूरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पनि हिजोदेखि मास्क अनिवार्य गरेको छ । भक्तपुरमा मास्क नलगाई निस्फिक्री हिँड्नेलाई कारबाही गरिने समेत जनाइएको छ ।

टिप्पणीहरू