एमालेले अधिवेशन सार्यो

एमालेले अधिवेशन सार्यो

नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । कोरोनाको जोखिम बढेको भन्दै गृह प्रशासनले सार्वजनिक स्थानमा भेला हुन रोक लगाउने तयारी गरेपछि एमालेले अधिवेशनको पूर्वनिर्धारित मिति सारेको हो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माघ ८ गतेको लागि तय भएको प्रदेश अधिवेशन सरेको जानकारी दिनुभएको छ । उक्त मितिका लागि तोकिएका एमाले प्रदेश अधिवेशनहरू २८ र २९ माघका लागि सारिएको हो ।

यसअघि एमालेले आगामी माघ ८ गते तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशनहरु भइरहेका छन् । सरकारले भने २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

टिप्पणीहरू