गुल्मीमा पनि विद्युतीय राहदानी दिन थालियो

गुल्मीमा पनि विद्युतीय राहदानी दिन थालियो

राहदानी विभागले विद्युतीय राहदानी सेवा सुरु गरेसँगै राजधानी बाहिरका जिल्लामा पनि सेवा विस्तार भएको छ । सुरुवाती चरणमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरबाट सेवा दिइए पनि पछिल्लो समय देशभरका सबै जिल्लाबाट विद्युतीय राहदानी उपलब्ध गराउन विभाग जुटेको हो ।

जसअन्तरगत विभागले जिल्ला प्रशासन कार्यालय, गुल्मीबाट विद्युतीय राहदानी सेवा सुरु गरेको छ । अब प्रशासन कार्यालयले पुरानो राहदानीको समयावधि सकिएका सबैलाई विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रदान गर्ने बताएको छ ।

जिल्ला प्रशासन कार्यालयले पछिल्लो केही दिन यता विद्युतीय राहादानीको परीक्षण गर्दै दैनिक १० जनालाई सेवा प्रदान गर्न सकिने जनाएको छ । सोही अनुसार काम थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । नयाँ प्रविधि भएकाले अझै पनि सतप्रतिशत काम हुनेमा कार्यालय विश्वस्त नभएको बताउँदै पौडेलले, ‘कर्मचारीको कारण काम नरोकिने तर, प्रविधिमा समस्या आउनेबित्तिकै काम बिग्रन पनि सक्नेतर्फ,’ औंल्याउनुभयो ।’

उहाँले सुरुमा कसैलाई सास्ती पनि हुनसक्ने भन्दै फाराम भर्ने बेलामा आफ्नो पालो निर्धारण हुने भएकाले पालो र अरु प्रक्रिया बुझेर मात्रै कार्यालयमा आउन सेवाग्राहीलाई आग्रह गर्नुभएको छ ।

गुल्मीमा आजदेखि विद्युतीय राहादानी सेवा शुभारम्भ गरेपछि प्रमुख जिल्ला अधिकारीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा हालको विद्युतीय राहदानी र अघिल्लो राहदानी पाउने प्रक्रियामा खासै फरक नभएको जानकारी दिनुभयो ।

टिप्पणीहरू