फ्रान्सेली जेटले भारतीय आकाशमा स्की–जम्प देखायो

फ्रान्सेली जेटले भारतीय आकाशमा स्की–जम्प देखायो

फ्रान्सेली लडाकु जेटले भारतमा स्की–जम्प प्रदर्शन गरेको छ ।

राफेल एम नामक फ्रान्सेली लडाकु जेटले हिजो गोवाको समुन्द्री किनारमा प्रदर्शन गरेको छ । परीक्षणको लागि उडाइएको उक्त विमानले स्की–जम्प प्रदर्शन गरेको हो ।

भारतीय विमान वाहकहरूसँगै उडान गर्न राफेल एम जेटले आफ्नो क्षमता देखाउँदै उक्त प्रदर्शन गरेको हो ।

स्की–जम्प भारतीय विमान वाहकहरूसँगै उडान गर्नको लागि एक अनिवार्य टेक–अफ क्षमता रहेको बताइएको छ । राफेलको फ्रान्सेली निर्माता डासुल्ट अभिएसनले आफ्ना विशेषताहरू भारतीय नौसेनालाई देखाउन गोवामा उडान प्रदर्शन गरेको हो ।

टिप्पणीहरू