विद्यार्थीहरु अलपत्र, वैकल्पिक पठनपाठनको माग

विद्यार्थीहरु अलपत्र, वैकल्पिक पठनपाठनको माग

शिक्षा मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेसँगै विद्यार्थीहरु अलपत्र परेका छन् । वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने कि नगर्ने भन्ने बारे विद्यालयहरु समेत अन्योलमा परेका छन् । यसलाई ध्यानमा राख्दै वैकल्पिक माध्यमबाट बालबालिकाको पढाइ सुनिश्चित गर्न सरकारसँग गरिएको माग गरिएको हो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले बालबालिकाको पढाइ सुनिश्चित गर्न माग गरेको छ । कोरोना संक्रमण रोकथाम गर्न भन्दै आजदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेपछि महासंघले यस्तो माग गरेको हो । कोभिड संकट देखापरेपछि लामो समयसम्म बालबालिकाको सुरक्षित अध्ययन र सिकाईप्रति सरकार र राजनीतिक दलको ध्यान नगएको भन्दै महासंघले दुःख प्रकट गरेको छ ।

उसले बालबालिकाको सिकाईलाई निरन्तरता दिन संघीय‚ प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

‘विद्यालय बन्द भई बालबालिकाको सिकाईमा पर्ने प्रत्यक्ष असरप्रति महासंघको ध्यानाकर्षण भएको छ,’ महासंघका केन्द्रीय अध्यक्ष कृष्ण थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । साथै, उसले सिकाई निरन्तरताको लागि वैकल्पिक गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन संघीय, प्रदेश र स्थानीय तहहरुसँग ठोस नीति, निर्देशन र कार्यक्रम सार्वजनिक गर्न जोडदार माग गरेको छ ।

टिप्पणीहरू