कोरोना बढेपछि दिल्लीका निजी कम्पनी बन्द गर्न आदेश

कोरोना बढेपछि दिल्लीका निजी कम्पनी बन्द गर्न आदेश

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि भारतको राजधानी नयाँ दिल्लीका निजी कम्पनीहरु बन्द गरिने भएको छ । दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सबै निजी कम्पनी बन्द गर्न आदेश दिएको हो ।

बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै आपतकालीन बाहेक सबै निजी कार्यालयहरू बन्द गर्न निर्देशन दिइएको छ ।

हालसम्म ५० प्रतिशत जनशक्तिले सञ्चालन गर्दै आएका निजी कार्यालयलाई घरबाटै काम गर्ने अभ्यासको पालना गर्न भनिएको छ । डिडिएमएको निर्देशन अनुसार आपतकालीन सेवाका लागि मात्रै निजी कार्यालय खुल्ला हुनेछ । अब जुन कार्यालय छुटको श्रेणीमा छन्, ती मात्र खुल्ला हुनेछन् ।

निजी कार्यालयलाई ‘वर्क फ्रम होम’ को सल्लाह दिइएको छ । दिल्लीमा सबै रेष्टुरेन्ट र बार पनि बन्द हुने भएका छन् । तर, रेष्टुरेन्टहरूलाई होम डेलिभरी गर्न र खाद्य सामाग्री ओसार्न भने अनुमति दिइएको छ ।

टिप्पणीहरू