मर्नुभन्दा बहुलाउनु निको भन्दै सुँगुरको मुटु प्रत्यारोपण

मर्नुभन्दा बहुलाउनु निको भन्दै सुँगुरको मुटु प्रत्यारोपण

२१ औं शताब्दीसम्म आइपुग्दा विश्वले प्रविधिमा निकै ठूलो फड्को मारिसकेको छ । प्रविधिले मानव जीवनलाई निकै सहज र सुविधायुक्त बनाइदिएको छ । सुविजधाजन्य क्षेत्रमा मात्र नभई स्वास्थ्यमा क्षेत्रमा पनि प्रविधिले निकै परिवर्तन ल्याएको छ ।

त्यही प्रविधिको सदुपयोग गरेर अमेरिकामा एक जना मानिसमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । वंशानुगत रुपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने उनी संसारकै पहिलो व्यक्ति हुन् ।

प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ । बाल्टिमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो ।

प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रुपमा लिइएको छ । उनी अब कति समयसम्म बाँच्छन भन्ने केही प्रष्ट गरिएको छैन ।

‘मर्नु वा प्रत्यारोपण गर्नु बाहेक अर्को विकल्प थिएन,’ शल्यक्रियाअघि बेन्नेटनले भनेका थिए, ‘अवश्य पनि यो अध्याँरोमा गोली हान्नु थियो । तर मैले अन्तिम विकल्प रोजेको हुँ ।’

टिप्पणीहरू