बाघले टोकेर दुई जना ठहरै

बाघले टोकेर दुई जना ठहरै

बाँकेमा बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । पछिल्लो एक हप्ताको अवधिमा मात्रै बाघको आक्रमणमा परि दुई जनाले ज्यान गुमाउनु परेको हो ।

बाघले टोकेर शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारू र बिहीबार राप्ती सोनारी–४ पर्सोनाकी ५३ वर्षीया लीला विष्टको मृत्यु भएको हो ।

राप्तीसोनारी गाउँपालिका क्षेत्रमा केहीदिन देखि आतङ्क मच्चाइरहेको उक्त बाघ नियन्त्रणका लागि प्राविधिक टोलि खटिएको छ । चितवनबाट खटिएको प्राविधिक टोली हिजो बेलुका त्यहाँ पुगेको छ ।

प्राविधिक टोलीलाई डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी, सशस्त्र वनरक्षक तथा नेपाली सेनाले पनि सहयोग गर्नेछन् । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत चार दिनदेखि राप्तीपारि क्षेत्रमा दुईवटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी पनि परिचालन गरेको छ ।

टिप्पणीहरू