भारतीय रक्षामन्त्रीलाई पनि कोरोना

भारतीय रक्षामन्त्रीलाई पनि कोरोना

भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

हाल निवासमा आराम गरेर बसेका सिंहलाई जटिल स्वास्थ्य समस्या भने नभएको बताइन्छ । भारतमा केही सातादेखि कोभिडको नयाँ भेरिएण्ट ओमिक्रोन ह्वात्तै बढेको छ ।

महाराष्ट्रपछि राजधानी नयाँ दिल्लीमा ओमिक्रोनको संख्या सबैभन्दा धेरै छ ।

टिप्पणीहरू