भोलि चीन र भारतले हात मिलाउने

भोलि चीन र भारतले हात मिलाउने

लामो समयदेखि सीमा विवादमा रुमल्लिँदै आएका छिमेकी मुलुक चीन र भारतले भोलि विवादित क्षेत्रमै हात मिलाउने भएका छन् । दुवै देशका सैन्य उच्च प्रतिनिधिले १४ औं चरणको वार्ता गर्न लागेका हुन् ।

वार्ता सीमा क्षेत्रमा हुने जनाइएको छ । भोलि लद्दाख नजिकैको चुसुल मोल्दोमा उनीहरुबीच भेटवार्ता हुने जानकारी दिइएको छ । उक्त भेटवार्ता सैन्य कमाण्डरहरुबीच बिहान साढे ९ बजे हुने उल्लेख गरिए पनि विस्तृत विवरण दिइएको छैन ।

टिप्पणीहरू