जाजरकोट एमालेमा पनि सहमति हुन सकेन

जाजरकोट एमालेमा पनि सहमति हुन सकेन

जाजरकोटमा नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । सहमतिबाट नेतृत्व चयन गर्न असफल भएपछि निर्वाचन मार्फत् नेतृत्व चयन गर्न मतदान गरिएको हो ।

मतगणना आजै गरिने निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा करवीर शाही र खीमबहादुर शाही, उपाध्यक्षमा गोपाल बटाला र नवराज सिंह, सचिवमा वीरबहादुर गिरी र नरबहादुर खत्री उम्मेदवार छन् ।

यस्तै, उपसचिवमा नरबहादुर बस्नेत, गोपालबहादुर नेपाली, रामबहादुर शाही र दयाराम न्यौपाने उम्मेदवार छन् । जिल्लाका ४ सय ३७ जना प्रतिनिधिले निर्वाचनमा मतदान गरेका छन् ।

टिप्पणीहरू