काठमाडौंका सिडिओलाई पनि संक्रमण

काठमाडौंका सिडिओलाई पनि संक्रमण

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका रिजालको कोभिड परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

कोरोना देखिए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले बताएको छ । अहिले उहाँ होम आइसोलेसनमा बस्नुभएको छ ।

पछिल्ला दिनमा राजनीतिक दलका नेता र प्रशासनका उच्च अधिकारीहरुले स्वास्थ्य मापदण्डको पालना नगर्दा अधिकांशमा संक्रमण देखिएको बताइन्छ ।

टिप्पणीहरू