कोरोनाको नयाँ भेरियन्ट देखिए पनि लकडाउन नहुने

कोरोनाको नयाँ भेरियन्ट देखिए पनि लकडाउन नहुने

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि लकडाउनको बाटो अपनाउन नहुने राय अर्थमन्त्री जनार्दन शर्माले व्यक्त गर्नु भएको छ ।

उहाँले लकडाउन गर्दा मुलुकको अर्थतन्त्र संकटग्रस्त हुने भएकोले लकडाउन गर्न नहुने विचार व्यक्त गर्दै भन्नु भयो ‘फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा रहेको छ’, अब हामी लकडाउनको बाटो अपनाउनु हुँदैन । फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।’

सोमबार काठमाडौंमा बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभामा बोल्दै उहाँले सो विचार व्यक्त गर्नु भएको हो । मन्त्री शर्माले संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने आग्रह गर्नु भएको छ । उहाँले बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने बताउनु भएको छ ।

मन्त्री शर्माले भन्नु भयो, ‘ संकटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुप¥यो । यो भावना देखिएको छैन । संकटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।’

उहाँले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउन आग्रह गर्दै यसले गर्दा व्यवसाय असफल हुने दावी गर्नु भयो । कार्यक्रममा मन्त्री शर्माले कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेकोले ती मुलुकमा बैंकको शाखा खोल्न आग्रह गर्नुभएको हो

उहाँले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान दावी गर्दै ‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजसो संकट आइसकेको छैन । ’

टिप्पणीहरू