महिला कमरेडहरु त्यता पनि मर्माहत

महिला कमरेडहरु त्यता पनि मर्माहत

उदयपुरमा परमेश्वर घिमिरेलाई नेता मान्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको नाम पढेर टुंगो लगाइएको छ । पोलिटव्यूरो सदस्य तथा उदयपुर इन्चार्ज मञ्जु चौधरीले जिल्ला कमिटीका ५ पदाधिकारी र १०७ जना सदस्यको नाम वाचन गरेकी थिइन् ।

उनले नेतृत्वको नाम पढेर सुनाएपछि हल छोडेर हिंडिन् । उनले वाचन गरेको नामअनुसार अध्यक्षमा परमेश्वर घिमिरे,उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ,सचिव कालु लामा, सहसचिव भरत थापा र टेकबहादुर राउत छन् । पदाधिकारीमा दावी गर्ने महिलालाई हिस्स बूढी खिस्स दाँत बनाइएको छ ।

फेसबुकमा विभिन्न पदमा दावी गर्नेहरु नेतृत्वको पेलाईमा परेपछि रुन्चे अनुहार लिएर बसेका छन् । आफूलाई विभिन्न समूहका दावी गर्नेहरु एकअर्कालाई हड्डीको मासीदेखि हाँसो उठेको टिप्पणी गर्दै एक अर्कालाई खुइल्याउन थालेका छन् ।

जिल्ला अध्यक्षका रुपमा परमेश्वर घिमिरे,कालु लामा,खड्गबहादुर दर्नालले दावी गरेका थिए । सर्वसम्मत भए आफू पनि जिल्लाको नेतृत्व सम्हाल्न उत्साहित बनेका इश्वरमणि राउत र दुर्गाकुमार थापाहरु पनि हेरेकै हेर्यै भएका छन् । चार दिनको रस्साकस्सीवीच इन्चार्ज चौधरीले नाम पढेर केन्द्रीयता लादेको दावी उम्मेदवार हुन नपाउनेहरुले गरेका छन् ।

नाम वाचन गरिएका पदाधिकारी र सदस्यहरुले मनोनयन पत्र भर्न शुरु गरेका छन् भने नाम वाचन नगरिएका एकादुईले पनि मनोनयन दर्ताको प्रयास गरेका छन् । अध्यक्ष घोषणा गरिएका परमेश्वर घिमिरे प्रतिगमन सच्चियो भन्दै जाने समूहका हुन् भने अन्य ओली समूहकै हुन् ।

टिप्पणीहरू