छिमेकमा बुस्टर डोज दिन थालियो

छिमेकमा बुस्टर डोज दिन थालियो

कारोना महामारी बढ्दै गएपछि भारतमा निश्चित वर्गलाई लक्षित गरी कोभिडविरुद्धको बुस्टर डोज दिन थालिएको छ ।

संक्रमण तीव्र फैलिरहेका बेला सरकारले स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिएका व्यक्ति र ६० वर्ष माथिका वृद्धवृद्धालाई बुस्टर दिन सुरु गरेको हो । बुस्टर डोजले कोभिड संक्रमणलाई रोकथाम गर्ने विभिन्न अध्ययनले देखाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुस्टर डोजलाई ‘सावधानी डोज’ भन्दै आएका छन् । बुस्टरअन्तर्गत पहिलो र दोस्रो डोज लगाएकालाई तेस्रो पटक सोही खोप दिन थालिएको हो ।

भारतमा मुख्यतयाः स्थानीय उत्पादनको खोप लगाउने गरिएको छ । भारतमा खोप लगाउन २०२१ को जनवरीदेखि थालिएको हो ।

टिप्पणीहरू