एमालेमा वामदेवनिकट बिष्टको शानदार जीत

एमालेमा वामदेवनिकट बिष्टको शानदार जीत

एमाले प्युठानको अध्यक्षमा विजयविराज बिष्ट विजयी भएका छन् । आज सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार तीन सय १४ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा,सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् ।

अध्यक्षमा विजयी बिष्ट वामदेव गौतम निकट हुन् । उनी गौतमको सचिवालयमा कार्यरत थिए ।

टिप्पणीहरू