नागरिकताविहीनहरुको माइतीघरमा धर्ना

नागरिकताविहीनहरुको माइतीघरमा धर्ना

‘नागरिकता हाम्रो मौलिक अधिकार हो’ भन्दै नागरिकताविहीन नेपाली नागरिकहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

नेपालको संविधान २०७२ भाग २ धारा १० को उपधारा (१) र ११ को उपधारा (३) र (५) छिटोभन्दा छिटो कार्यान्वयन गर्दै नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिँदै उनीहरुले धर्ना दिएका हुन् ।

विगतका दिनमा नागरिकता नपाएर सेवा सुविधाका साथै अन्य क्षेत्रमा गुमाएको अवसरको क्षतिपूर्ति समेत दिनुपर्ने उनीहरुको माग छ । नागरिकताविहीन नागरिक संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीलगायत पाँच दर्जनको उपस्थितिमा दबाबमूलक धर्ना दिइएको हो । माइतीघर मण्डलामा गरिएको धर्नाका प्रदर्शनकारी केही बेरपछि ललितपुर हरिहरभवनस्थित मानव अधिकार आयोगको कार्यालयतर्फ हिँडका हुन् ।उनीहरुले ‘मधेसीमाथि दमन गर्न पाईंदैन’, ‘संविधान संशोधन छिटो गर’, ‘देशका असल नागरिकको पहिचान गर’, ‘नागरिकता हाम्रो मौलिक अधिकार हो’, ‘जन्मसिद्धका सन्तानलाई अनागरिक बनाउन पाईंदैन’, ‘सबै मधेसी भारतीय हुँदैनन्’, ‘नागरिकता विधेयक २०७५ लागु गर’, ‘नागरिकता विधेयक पारित गर’ लगायत नारा लगाएर धर्ना बसेका हुन् ।

टिप्पणीहरू