एकीकरण मार्ग पदयात्रा टोली हनुमानढोका पुग्दै

एकीकरण मार्ग पदयात्रा टोली हनुमानढोका पुग्दै

गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा टोली आज साँझ हनुमानढोका दरबार आइपुग्दैछ । गोरखा दरबारबाट पुस २१ गते सुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा टोली आज हनुमानढोका दरबार आइपुग्न लागेको हो ।

तीन सयऔं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई हर्षोल्लासका साथ मनाउन ‘एकीकरण मार्ग पदयात्रा’ नेपाली सेनाको टोलीले सुरु गरेको हो ।

सम्शेर दल गणका गणपति तथा प्रमुख सेनानी उमेश श्रेष्ठको कमाण्डमा झण्डै ६० जनाको टोलीले नुवाकोटको ककनी, काठमाडौंको पाँचमाने, तीनपिल्लेहुुँदै मुड्खु भञ्ज्याङस्थित भ्युटावरमा आज बिहानको खाना खाएको छ ।

खानापछि मुड्खु, पुरानो गुह्येश्वरी, सोहखुट्टे हुँदै सो टोली हनुमानढोका पुग्ने कायक्रम छ । एकीकरण मार्ग पदयात्रा २०७८ टोलीले पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा प्रयोग गरेका हतियारहरुमध्ये खुँडा धनुषबाण समेत बोकेको बताइन्छ ।

टिप्पणीहरू