तुल्सीलाल प्रतिष्ठानको आँगनमा ग्याँस निस्कियो

तुल्सीलाल प्रतिष्ठानको आँगनमा ग्याँस निस्कियो

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्केको छ । प्रतिष्ठानको प्रांगणमा बोरिङ खन्ने क्रममा ग्यास निस्केको हो । हिजो दिउँसो निस्केको ग्यास आजसम्म पनि निरन्तर बलिरहेको छ ।

ग्यास निस्केर आगो बलेकोबारे बुझ्दा वडा कार्यलय भने बेखबर रहेको बताइएको छ । आज जनआस्थासँग कुराकानी गर्दै ललितपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले प्रतिष्ठानको प्रांगणमा पानीको लागि बोरिङ खनिएको विषयमा वडाबाट सिफारिस नलिएको जानकारी दिनुभयो ।

वडाध्यक्षले भन्नुभयो, ‘सो क्षेत्रमा निस्केको ग्यास बलिरहेको बारेमा आफूहरुलाई केही पनि थाहा छैन । अहिलेसम्म कसैले केही पनि भनेको छैन ।’ प्रतिष्ठान नजिकैका छिमेकीहरुले भने उक्त स्थानमा हिजोदेखि नै आगो बलिरहेको बताएका छन् ।

टिप्पणीहरू