मोटर डुंगामा चट्टान खस्दा ७ जना ठहरै

मोटर डुंगामा चट्टान खस्दा ७ जना ठहरै

दक्षिणपूर्वी ब्राजिलमा चट्टान खसेर पौडिरहेको मोटर डुंगामा लाग्दा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

मिनास गेराइस राज्यको क्यापिटोलियोमा रहेको झरनामुनी पौडिरहेको मोटर डुंगामा चट्टान खस्दा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा नौ जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा खसेको चट्टान ठोक्किएर दुईवटा डुंगा चकनाचुर हुँदा पर्यटकहरू चिच्याइरहेको देखिन्छ । दुर्घटनामा घाइते भएकाहरुको हड्डी भाँचिएको छ भने एक जनाको टाउको र अनुहारमा गहिरो चोट लागेको बताइएको छ । तीन जना बेपत्ता छन् ।

टिप्पणीहरू