ढाका म्याराथनमा पुष्पालाई कास्य, अरु रित्तै

ढाका म्याराथनमा पुष्पालाई कास्य, अरु रित्तै

बंगलादेशमा भएको बंगवन्धु शेख मुजीवर ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । आज दक्षिण एसियालीतर्फको विधामा गत संस्करणकी स्वर्ण विजेता पुष्पाले निर्धारित दुई घन्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन् ।

यो विधामा भारतकी आरती दत्तात्रय पाटिलले निर्धारित दूरी दुई घण्टा ५३ मिनेट २८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतकै ज्योति गवाटेले निर्धारित दूरी दुई घण्टा ५४ मिनेट १५ सेकेण्डमा पूरा गर्दै रजत पदक जितिन् ।

त्यस्तै, पुरुषतर्फ किरण बोगटी र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गरे पनि पदक भने जित्न सकेनन् । पाँचौं स्थानमा रहने क्रममा किरणले निर्धारित दूरी दुई घण्टा २३ मिनेट ४३ सेकेण्डमा पूरा गरेका छन् ।

टिप्पणीहरू