भारतमा सातामा दुई दिन कर्फ्यु, नेपालमा के होला ?

भारतमा सातामा दुई दिन कर्फ्यु, नेपालमा के होला ?

कोरोनाको तेस्रो लहरको पूर्वाद्र्धमा ओमिक्रोनका संक्रमित बग्रेल्ती भेटिएपछि भारतको राजधानी दिल्लीमा साताको दुई दिन कर्फ्यु लगाउन थालिएको छ । संक्रमण बढेसँगै कार्यालयहरुमा कर्मचारीको भौतिक उपस्थितिसमेत घटाउँदै लगिएको हो ।

भारतमा बढ्दो संक्रमण र सावधानीलाई देखेर नेपालमा समेत लकडाउन हुने आशंका गर्न थालिएको छ । तर, हालका लागि लकडाउन गर्ने निश्कर्षमा सरकार नपुगेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

‘कोरोनाको उतारचढाव हेरेर स्मार्ट लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयहरुलाई दिइएको छ,’ उनले भनिन् । तर ह्वात्तै बढेको संक्रमणलाई हेरेर सर्वसाधारणले पुनः निषेधाज्ञा वा अन्य कडाइको आशंका गरेका छन् । यसबीचमा महामारी फैलिने सम्भावना देखिएका जिल्लामा विद्यालय बन्द गर्ने प्रस्ताव अगाडि सारिएको छ ।

टिप्पणीहरू