भीम रावलको जिल्लामा मतदान सर्यो,दुई प्यानल उठे

भीम रावलको जिल्लामा मतदान सर्यो,दुई प्यानल उठे

आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुन लागेको एमाले अछामको मतदान सरेको छ । निर्वाचन समितिले आज बिहानका लागि तय गरेको मतदान दिउँसोको लागि सारेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार बिहान ८ बजे मतदान हुने समय तोकिएको भएपनि अर्को तालिका सार्वजनिक गर्दै दिउँसो सवा १२ बजेबाट मतदान हुने भएको हो ।

सहमतिमै नेतृत्व चयन गर्ने एमालेको केन्द्रीय निर्देशनविपरीत अछाममा निर्वाचन हुने भएको हो । १० बुँदे पक्षका मुख्य नेता भीम रावलको गृहजिल्ला अछामको अधिवेशनलाई बिशेष रुपमासमेत हेरिएको छ । त्यहाँ नयाँ नेतृत्वको लागि दुई पक्षबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

एक समूहबाट अध्यक्ष पदमा चन्द्र बोहरा,उपाध्यक्षमा भीम बिष्ट, सचिवमा आदर्श साउद,सहसचिवमा शेरबहादुर बुढा,डम्बर बिसी रहेका छन् भने अर्को पक्षबाट अध्यक्षमा प्रकाश शाह,उपाध्यक्ष बलबहादुर कुँवर,सचिव भीम रावल (कालो टोपी)उप–सचिवमा प्रेमबहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन् ।

अछामका ९१ वडाका ७ सयबढी प्रतिनिधिले जिल्ला कार्यसमिति चयनका लागि मतदान गर्दै छन् ।

टिप्पणीहरू