गुप्तचर प्रमुखलाई देशद्रोहको आरोप

गुप्तचर प्रमुखलाई देशद्रोहको आरोप

देशद्रोहको आरोपमा कजाकिस्तानका पूर्वगुप्तचर प्रमुख करिम मासिमोभ पक्राउ परेका छन् । देशव्यापी सरकारविरोधी प्रदर्शनपछि देशद्रोहको आरोपमा उनी पक्राउ परेका हुन् ।

पक्राउपछि मासिमोभलाई हिरासतमा राखिएको त्यहाँको राष्ट्रिय सुरक्षा समितिले जनाएको छ ।

मासिमोभ पूर्वराष्ट्रपति नुरसुल्तान नजरबायेभका निकटतम सहयोगी समेत हुन् ।

टिप्पणीहरू