एमाले पाँचथरको अध्यक्षमा भण्डारी

एमाले पाँचथरको अध्यक्षमा भण्डारी

नेकपा (एमाले) पाँचथर जिल्ला अध्यक्षमा राजकुमार भण्डारी निर्वाचित भएका छन् ।

फिदिममा हिजो सम्पन्न आठौं जिल्ला अधिवेशनले भण्डारीको नेतृत्वमा ५ सदस्यीय पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो । भण्डारी यसअघि पनि एमाले जिल्ला अध्यक्ष थिए ।

उपाध्यक्षमा धनकुमार फियाक, सचिवमा विष्णुप्रसाद सापकोटा तथा उपसचिवहरुमा पृथ्वी लावती र नरबहादुर गुरुई निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत नवराज घिमिरेले जानकारी दिए । उनका अनुसार ८५ जना जिल्ला सदस्यको नाम अध्यक्ष मण्डलका तर्फबाट केद्रीय सदस्य तथा जिल्ला इञ्चार्ज वसन्तकुमार नेम्वाङले पढेर सुनाएका थिए ।

टिप्पणीहरू