चीन र भारत अब उठेर होइन, बसेर आमनेसामने

चीन र भारत अब उठेर होइन, बसेर आमनेसामने

चीन र भारतले सीमानामा उत्पन्न सैन्य तनाव कम गर्ने उद्देश्यले सीमानामै आमनेसामने वार्ता गर्ने भएका छन् । आगामी बुधबार हुने भनिएको त्यस्तो वार्ता १४ औं हुने बताइएको छ ।

सीमानामा खटिएका सैनिकहरुको तर्फबाट कमाण्डर तहका अधिकृतले प्रतिनिधित्व गर्ने छन् । उनीहरुबीच मूलतः पूर्वी लद्दाखमा विवादमा आएका केही सीमा क्षेत्रको बारेमा छलफल हुने बुझिएको छ ।

यसबारे दुबै देशले औपचारिक रुपमा थप जानकारी बाहिर ल्याएका छैनन् ।

टिप्पणीहरू