काठमाडौंका विद्यार्थीलाई फाइजर खोप
कोरोना महामारी बढिरहेको बेला काठमाडौं जिल्लाका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । आज खोप कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णण गरेको हो ।
कोभिड १९ विरुद्धको खोप व्यवस्थापनका लागि प्रजिअ गोविन्दप्रसाद रिजाल, जिसस प्रमुख शिवसुन्दर राज वैद्यलगायत १९ जना सहभागी बैठकबाट काठमाडौं जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप विद्यालयमा गएर लगाउने निर्णय भएको हो ।जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा फाइजर खोपको पहिलो चरण आगामी पुस २७ देखि सुरु गरिने तथा दोस्रो चरण माघ २४ गतेबाट सञ्चालन गरिने बताइएको छ ।
उक्त अभियान सञ्चालन गर्न अनुरोध गर्दै सबै पालिकाहरुमा पत्राचार गर्ने र कुन विद्यालयमा कहिले खोप लगाउने वा अन्य खोप केन्द्रमा कहिले खोप लगाउने भन्ने विषयको जानकारी स्वास्थ्य कार्यालयमा उपलब्ध गराउन अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।
टिप्पणीहरू