मोजा र मोटरसाइकलको सिटमुनि नोटका बिटो

मोजा र मोटरसाइकलको सिटमुनि नोटका बिटो

रौतहटमा सशस्त्र प्रहरीले मोजाभित्र र मोटरसाइकलको सिटमुनी लुकाएर भारतबाट ल्याइएको झण्डै १५ लाख रुपैयाँ बरामद गरेको छ । पछिल्ला दिनमा भारतसँग सिमाना जोडिएका तराईका जिल्लामा स्रोत नुखलेको रकम भित्र्याउने क्रम बढेको छ ।

आज दिउँसो भारतबाट भारतीय मोटरसाइकलमा नेपाल छिर्न खोजेका भारतीय नागरिको साथबाट १४ लाख ५० हजार रुपैयाँ बरामद भएको हो ।

रौतहटको पौराह नगरपालिका १ स्थित बेलविछुवामा सशस्त्र प्रहरीको स्थानीय बेशबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतीय नागरिकको साथबाट उक्त नेपाली रुपैयाँ बरामद भएको हो ।

भारतको पूर्वी चम्पारणका ३९ वर्र्षीय सञ्जयकुमार जैसवालको शरीर र मोटरसाइकलको सिटमुनीबाट उक्त रकम फेला परेको हो । बीआर ०५एजी ८०५६ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका जैसवालको मोजाभित्र र मोटरसाइकलको सिटभित्र राखिएको अवस्थामा उक्त परिमाणको नगद फेला परेको ।

सशस्त्रको बेशबाट सशस्त्र प्रहरी नायव निरीक्षक वमबहादुर दर्जीको नेतृत्वमा पाँच जना, मजबुर गणका वरिष्ठ हवल्दार उमेश पण्डित र सोही गणबाट खटिएको प्रहरी जवान रविकान्त मिश्राको संयुक्त ७ जनाको टोलीले सञ्जय उनले चलाएको मोटरसाइकलमाथि शंका गर्दै चेक जाँच गरिएको थियो ।

अहिले भारतीय नागरिक, उनले प्रयोग गरेको मोटरसाइकल र बरामद भएको रकमसहित सशस्त्र प्रहरीको नियन्त्रणमा छन् । आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ ।

टिप्पणीहरू