मकवानपुरतिर ‘ओली बा’ पार्टीमा यस्तो रमाइलो

मकवानपुरतिर ‘ओली बा’ पार्टीमा यस्तो रमाइलो

सर्वसम्मत नेतृत्व चयन गरिएको घोषणापछि नेकपा एमाले मकवानपुरमा रमिता देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका खास मान्छे ठानिएका एकालाल श्रेष्ठलाइ सर्वसम्मत अध्यक्ष भएको घोषणा आज बिहान गरिएको हो ।

श्रेष्ठसहित उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा अर्का लालबहादुर थापा, महिला उपसचिवमा सीता विष्ट र अर्का उपसचिवमा हिदम लामा सर्वसम्मत भएको बताइएको थियो ।तर अध्यक्षका प्रत्यासी बद्री लम्सालले श्रेष्ठलाई अध्यक्ष अस्वीकार गरेको विज्ञप्ति निकालेका छन् । सहमति नभए चुनावी प्रक्रियामा जाने भन्दै हिजो साँझ स्थगन गरिएको अधिवेशन आइतबार एकाएक सर्वसम्मत नेतृत्व घोषणा गर्न तम्सेपछि लम्सालले विज्ञप्ति प्रकाशन गरेका हुन् ।

स्रोतका अनुसार १० बुँदे पक्षधरका सीता विष्ट मात्रै उपसचिव पदमा सुरक्षित भएकी छन् । सोही टिमका विष्णु ढकाल, मदन दाहाललगायत सबैलाई गलहत्याइएको छ । ढकाल उपाध्यक्ष र दाहाल उपसचिवका दाबेदार थिए ।

टिप्पणीहरू