मोदीको सुरक्षामा छ हजारको फौज ?

मोदीको सुरक्षामा छ हजारको फौज ?

भारतको पन्जाब राज्यका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियंका गान्धी वाड्रालाई प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य भ्रमणको क्रममा कुनै सुरक्षा खतरा उत्पन्न नभएको जानकारी गराएका छन् ।

मुख्यमन्त्री चन्नीले अस्ति काँग्रेस महासचिव गान्धीलाई प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा फिरोजपुरमा कुनै खतरा उत्पन्न नभएको तर सरकारी पक्षले अनावश्यक हल्ला गरेको जानकारी गराएका हुन् ।

उनले सञ्चारमाध्यमका प्रतिनिधिहरुसँग बोल्दै त्यसबखत प्रधानमन्त्रीलाई सुरक्षाको कुनै खतरा नभएको उल्लेख गरेका छन् । चन्नीले भने ‘यहाँ प्रधानमन्त्रीलाई कुनै खतरा थिएन । उहाँ पूर्णतयाः सुरक्षित हुनुहुन्थ्यो । मैले प्रियंका गान्धीजीसँग कुराकानी गरेर सबै वास्तविकता बताएको छु ।’

उनले प्रधानमन्त्रीको सुरक्षाका लागि राज्य सरकारले ६ हजार सुरक्षाकर्मी खटाइएको समेत जानकारी गराएका छन् । ‘प्रधानमन्त्री सवार मार्गको एक किलोमिटर वरिपरि कुनै पनि प्रदर्शनकारी थिएनन्, प्रधानमन्त्रीको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी,इन्टेलिजेन्स ब्यूरोवाला र एसपीजी कमाण्डो थिए,’ उनले दाबी गरेका छन् ।

तर भारतीय जनता पार्टी (बीजेपी) र सामाजिक सञ्जालमा मुख्यमन्त्रीले प्रधानमन्त्रीको सुरक्षाको विषय काँग्रेस महासचिवलाई जानकारी गराएको भन्दै तीब्र आलोचना भएको छ ।

टिप्पणीहरू