भारतीय सेनामा अमेरिकी विमानको प्रयोग

भारतीय सेनामा अमेरिकी विमानको प्रयोग

भारतीय नौसेनाको पानीजहाजमा बोइङ पी–८ आई विमानले उडान भरेको छ । उक्त विमानले गोवाबाट सैन्य उडान भरेको हो ।

यस क्षेत्रमा चीनको बढ्दो सैन्य प्रभावको सामना गर्दै हिन्द महासागरमा आफ्नो निगरानी क्षमतालाई बढाउन भारतीय नौसेनाले थप दुई पोसेडन ८ आई र पनडुब्बी विरोधी युध्दक विमानहरू समावेश गरेको बताइएको छ ।

अमेरिकी एयरोस्पेस कम्पनी बोइङद्वारा निर्मित दुईवटा विमान ३० डिसेम्बरमा भारत आइपुगेका थिए । भारत पछिल्ला दिनमा अत्याधुनिक हतियार र विमानहरु जम्मा पार्ने होडमा देखिएको छ ।

टिप्पणीहरू