उपत्यकामा धमाधम बालबालिकालाई खोप

उपत्यकामा धमाधम बालबालिकालाई खोप

राजधानीका बालबालिकालाई लक्षित गरि कोरोनाविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको छ । उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप लगाइएको हो ।

शुक्रबारदेखि भक्तपुरका बालबालिकालाई मोडर्ना खोप दिइएको छ भने मंगलबारदेखि काठमाडौं र ललितपुरका बालबालिकालाई फाइजर खोप दिइने छ ।

पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन गरिएका केन्द्रबाट बालबालिकाले खोप लगाउन सक्नेछन् ।

काठमाडौं र ललितपुरमा पनि विद्यालय र यसअघि तोकिएका खोप केन्द्रमा खोप लगाइने छ । विद्यालय नगएका तर ११ देखि १७ वर्षसम्मका बालबालिकाले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउने छन् ।

टिप्पणीहरू