उपाध्यक्षमा बम, अध्यक्षमा चुनाव

उपाध्यक्षमा बम, अध्यक्षमा चुनाव

एमाले बैतडीको उपाध्यक्षमा रमिल बम चयन भएका छन् । भरतसिंह महराले आफ्नो उमेदवारी फिर्ता लिएपछि बम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

पार्टीको जिल्ला पदाधिकारीका लागि अध्यक्षका उम्मेदवारद्वय सुरेन्द्र पाल र गोरखबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए ।

पाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार बम निर्वाचित भइसकेकाछन् भने सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।

यसैगरी चन्द प्यानलबाट उपाध्यक्षका उम्मेदवार महराले उम्मेदवारी फिर्ता लिए पनि सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र जनकबहादुर चन्दले उम्मेदवारी दिएका छन् । सहमतिमा निर्वाचन सम्पन्न गर्न दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो ।

आजै बिहान ११ बजेबाट मतदान हुने भनिए पनि सहमतिको प्रयास भइरहेकाले मतदान हुन सकेको छैन । जिल्लाभरिबाट पाँच सय ३५ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

टिप्पणीहरू